एनएलजी इन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jul 09, 2020 | 10:41:21 AM मा प्रकाशित

laxmi bank

एनएलजी इन्स्योरेन्स कम्पनी NLG Insurance Company Limited को हकप्रद भर्ने आज  असार २५ गते  अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २२ गतेदेखि गतेसम्म ६० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । कम्पनीले चैत्र १२ गतेसम्म हकप्रद निष्काशन गर्ने तयारी गरेकोमा लकडाउनको कारण हकप्रद भनरे म्याद थप गरिएको थियो  ।

 कम्पनीले कुल ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद शेयर निष्कासन विक्री खुला गरेको हो । माघ २६ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न सक्ने छन् । कम्पनीको हकप्रदलाई नेपाल धितोपत्र बोर्डले पुस २९ गते स्वीकृति दिएको थियो । पूँजीवृद्धि अभियान स्वरुप हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैँया रहेको छ । हकप्रद बाँडफाँट पछि सो पूँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार पुग्नेछ ।

कम्पनीको विक्रीको प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ । आवेदकहरुले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय, लक्ष्मी बैंकका शाखा कार्यालयहरु तथा आस्बा सदस्य सेवा लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट मेरो सेयर मार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् ।कम्पनीको हकप्रदलाई इक्रा नेपालले औषत आधार जनाउने ‘इक्राएनपी आईपीओ ग्रेड थ्री’ रेटिङ दिएको गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved