समृद्धि फाइनान्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2020 | 09:44:06 AM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्स Samriddhi Finance Company को हकप्रद सुरस्खित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि भदौ १२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज भदौ ११ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न पाउनेछन् ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई भदौ २ गते हकप्रद  निष्काशनको लागि अनुमति दिएको हो  । यस सँगै अब कम्पनीले १:२ को अनुपातमा २ सय प्रतिशतको दरले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद निष्कासन गर्ने छ । कम्पनीले हकप्रद निष्कासनको लागि बिओके क्यापिटल मार्केटलाई विक्री प्रबन्धक चयन गरेको छ ।

वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो। 

हाल कम्पनीको चुक्ता पुँजी १८ करोड १९ लाख रहेकोमा हकप्रदपछि कम्पनीको चुक्ता पुँजी ५४ करोड ५९ लाख पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved