एचआईडिसिएलले निष्काशन गरिरहेको हकप्रद शेयरको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले शेयर डिम्याट नगरेको भएपनि एचआईडिसीएल हकप्रद भर्न सकिने स्पष्ट पारेको छ । हकप्रद भर्नको लागि शेयर डिम्याट गरेकै हुनु नपर्ने स्पष्ट क्यापिटलले स्पष्ट पारेको हो ।
शेयर डिम्याट नगरेको भएपनि अहिले हकप्रदमा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । यद्यपि शेयर डिम्याट नगराएका र २०७८ असार मसान्तपछि शेयर डिम्याट गराएकाको हकमा भौतिक रुपमा आवेदन गर्नु पर्ने क्यापिटलले जनाएको छ ।
भौतिक फारम क्यापिटलको कार्यालयको अलावा ग्लोबल आईएमई बैंकको न्युरोड, नयाँ बानेश्वर, लगनखेल र सानो ठिमी शाखाबाट लिएर पनि बुझाउन सकिने भएकोले क्यापिटलको केन्द्रिय कार्यालयमा भिडभाड नगरिदिन र नेपाल सरकारले स्वास्थ्य मापदण्ड पालना गर्न क्यापिटलले आग्रह गरेको छ । शेयर डिम्याट गराएकाले पनि अहिले हकप्रदमा आवेदन गर्न सक्ने र हकप्रद भर्न कै लागि तत्काल नै शेयर डिम्याट गर्न नपर्ने क्यापिटलले प्रष्ट पारेको हो । २०७८ असार मसान्तसम्म शेयर डिम्याट गराएकाले भने मेरोशेयर मार्फत अनलाइन नै आवेदन दिन सक्ने छन् ।
त्यस्तै क्यापिटलले आज साउन ११ गतेदेखि ग्लोबल आईएमई क्यापिटलले सन्ध्याकालिन काउन्टर संचालनमा ल्याएको छ । क्यापिटले आज साउन ११ गतेदेखि साउन २५ गतेसम्मको लागि सन्ध्याकालिन काउन्टर संचालनमा ल्याएको हो ।
यस अवधिमा क्यापिटलको नक्साल स्थित कार्यालय मध्यान्ह ५ बजेदेखि बेलुका ७ बजेसम्म संचालन हुने क्यापिटलले जनाएको छ । शुक्रबार र शनिवारको दिन बाहेक अन्य दिन कार्यालयको सन्ध्याकालिन काउन्टर ५ बजेदेखि ७ बजेसम्म संचालन हुने भएको हो ।
मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपिओ र एचआईडिसीएलको हकप्रद निष्काशन भईरहेकोले सेवाग्राहीलाई सहज होस् भन्ने उदेश्यले सन्ध्याकालीन काउन्टर सुरु गरिएको क्यापिटलले जनाएको छ । हाल निष्काशन भईरहेको एचआईडिसीएलको हकप्रद र मध्य भोटेकोशीको आईपिओको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।