नारायणी डेभलपमेन्ट बैंकको हकप्रदका लागि बुक क्लोज तय ? कहिलेसम्म कायमले पाउँछन् भर्न ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2021 | 12:13:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयरको लागि बुक क्लोज मिति तय गरेको छ। यहि मङ्सिर २४ गतेसम्म बुक क्लोज मिति तय भएकाले मङ्सिर २३ गतेसम्म कायम सेयरधनीहरुले मात्रै नारायणी डेभलपमेन्टको हकप्रद भर्न पाउने जनाइएको छ। 

बैंकले नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्काशनको लागि अनुमती पाइसकेको छ। बैंकले एक बराबर एक कित्ताका दरले हकप्रद बिक्रिको लागि बोर्डबाट अनुमति पाएको हो। 

त्यस्तै  नारायणी डेभलपमेन्ट बैंकले आगामी माघ १६ गते बार्षिक साधारणसभाको मिति तय गरेको छ। हिजो अर्थात मङ्सिर १४ गते बसेको संचालक समितिको बैठकले २०७८ माघ १६ गते बार्षिक साधारणसभा डाक्ने तथा शतप्रतिशत हकप्रदको लागि यहि मङ्सिर २४ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। 

बैंकको गत (२०७७) माघ १६ मा बसेको १९ औं बार्षिक साधारण सभाले एक बराबर दुई अर्थात दुई सय प्रतिशत हकप्रद बिक्रिको प्रस्ताव गरेको थियो। त्यो बेला कायम चुक्तापुंजी १३ करोड १२ लाख ३३ हजार ८०० को दुई सय प्रतिशतका दरले हकप्रद प्रस्ताव गरिएको थियो। 

तर नेपाल राष्ट्र बैंकले २०७८ जेठ २० गते पठाएको पत्रअनुसार बैकले एक कित्ता बराबर एक कित्ताका दरले अर्थात शतप्रतिशत हकप्रद मात्रै बिक्रि गर्न पाउने भएको हो। यसले बैंकको चुक्तापुंजी डबल मात्रै बनाउने छ। 

बैंकको हकप्रद सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल चयन भएको छ। 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved