एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद बाँडफाँड, २७ हजार कित्ता बढी शेयर लिलामीमा आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2021 | 09:15:24 AM मा प्रकाशित

laxmi  sunrise bank

एक्सेल डेभलपमेन्ट बैंक Excel Development Bank Limited  ले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलले मङ्सिर १६ गते शेयर बाँडफाँड गरेको हो ।  

कम्पनीले असोज २५ गतेदेखि कार्तिक २९ गतेसम्म हकप्रद निष्काशन गरेको हो । कम्पनीले  १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ दशमलव ४२ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।  

हकप्रदमा ६ हजार १ सय ८० जना आवेदकबाट २४ लाख ६ हजार १ सय ६ दशमलव ४७३८ कित्ता शेयरको लागि आवेदन परेकोले सोहि बमोजिम शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।  आवेदन नपरेको २७ हजार २ सय ५७ दशमलव २००४ कित्ता लिलामीमा आउने छ ।     

नेपाल धितोपत्र बोर्डले साउन ३१ मा कम्पनीलाई हकप्रद निष्काशनको लागि स्वीकृति प्रदान गरेको हो  । कम्पनीले जेठ २७ गते हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved