हिमालयन ऊर्जाबाट शुरु भयो ६ महिनादेखि रोकिएको सार्वजनिक निष्कासन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2024 | 02:22:49 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल धितोपत्र बोर्डले आइतबार हिमालयन ऊर्जा विकास कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्ने अनुमति दिएको छ ।

बोर्डले  १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो । जसअनुसार अब कम्पनीले ९९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । 

हाल कम्पनीको चुक्तापूँजी ९९ करोड छ ।कम्पनीको शेयर निकष्कासन तथा बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ रहेको  छ।कम्पनीले हकप्रद शेयर निष्कासनपश्चात् प्राप्त हुने पूँजीमध्ये खर्च कटाई बाँकी सबै रकम बैंकहरूबाट लिएको दीर्घकालीन ऋणको भुक्तानी गर्ने योजना बनाएको छ ।  

विगत ६ महिना यता धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई धितोपत्र निष्कासन गर्न अनुमति दिएको थिएन । बोर्ड सुत्रका अनुसार अध्ययन सकिएका र केफियत पनि नदेखिएका कम्पनीहरुलाई धितोपत्र निष्कासन गर्न क्रमश अब अनुमति दिइने छ ।

गत आइतबार बसेको बोर्ड बैठकले अध्यक्षको जिम्मेवारी सम्हालिरहेका अर्थ मन्त्रालयका सहसचिव नरेन्द्रकुमार रानालाई कैफियत नदेखिएका आईपीओ, एफपीओ र हकप्रद शेयरलाई निष्कासन अनुमति दिन अख्तियारी प्रदान गरेको बुझिएको छ ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अझै लम्बिने संकेत देखापरेपछि उक्त वैठकले शेयर निष्कासन अनुमति दिने निर्णय गरेको हो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved