
दुई अलग अलग बीमा कम्पनीले हकप्रद शेयर निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । ती कम्पनीमा जीवन बीमातर्फ सन नेपाल लाइफ र निर्जवन बीमातर्फ नेपाल इन्स्योरेन्स छ ।
सन नेपाल लाइफले चुक्तापूँजीको २७ प्रतिशत हकप्रद ल्याउन अनुमति मागेको छ। कम्पनीले असार २३ गते बोर्डमा आवेदन दिएको हो ।
धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई १०० रुपैयाँ अंकित मूल्यमा कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर जारी गर्नेछ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ छ।
त्यस्तैनेपाल इन्स्योरेन्सले पनि चुक्तापूँजीको ४० प्रतिशत हकप्रद ल्याउने गरि प्रक्रिया अगाडि बढाएको छ ।कम्पनीले गत असार २४ गते बोर्डसँग हकप्रदका लागि अनुमति मागेको हो । धितोपत्र बोर्डको अनुमति पछि कम्पनीले ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने छ।
कम्पनीले पूँजी वृद्धिका लागि ४० प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । हाल १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार रूपैयाँ चुक्तापूँजी भएको कम्पनीले ४० प्रतिशत हकप्रद शेयरमार्फत पूँजी थप गर्न लागेको हो ।
जसअनुसार कम्पनीले शेयरधनीहरुलाई १०० रुपैयाँ अंकित मूल्यमा कुल ६५ लाख ७६ हजार ९३७।७६ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।कम्पनीको हकप्रद शेयर निष्नकासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल छ।
नेपाल बीमा प्राधिकरणले जीबन बीमा कम्पनीहरूको पूँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन यसअघि नै निर्देशन दिइसकेको छ ।