हिमालय ऊर्जाको शतप्रतिशत हकप्रद साउन २४ गतेदेखि बिक्रीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2024 | 07:40:07 AM मा प्रकाशित

laxmi sunrise bank

हिमालय ऊर्जा विकास कम्पनीले आगामी साउन २४ गतेदेखि हकप्रद शेयर बिक्री गर्ने भएको  छ। कम्पनीले हाल कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री गर्न लागेको हो।

कम्पनीले हाल कायम १ : १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ९९ करोड रुपैयाँ बराबरको ९९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हकप्रद शेयरमा शेयरधनीहरुले आगामी भदौ १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीको हकप्रदलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग छ। कम्पनीको चुक्तापूँजी ९९ करोड रुपैयाँ छ। हकप्रद निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ। 

कम्पनीले हकप्रद शेयर निष्कासनपछि प्राप्त हुने पूँजीमध्ये सबै खर्च कटाएर बाँकी रकम विभिन्न बैंकहरुको लिएको दीर्घकालिन ऋणको भुक्तानी गर्ने बताएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved