हिमालय ऊर्जाको शतप्रतिशत हकप्रद शेयर आजदेखि बिक्रीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2024 | 09:01:20 AM मा प्रकाशित

हिमालय उर्जा विकास कम्पनीले आज बिहीबारदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । 

 कम्पनीले हाल कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद बिक्री गर्न लागेको हो। कम्पनीले ९९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ९९ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।

कम्पनीको हकप्रद शेयरमा भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ।हकप्रद निष्कासन लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

त्यस्तै, लक्ष्मी सनराइज बैंकको गोकुल गंगा गाउँपालिका, शिवालय, रामेछापबाट पनि आवेदन दिन सक्नेछन्।कम्पनीको चुक्तापूँजी ९९ करोड रुपैयाँ छ। हकप्रद निष्कासन पछि कम्पनीको चुक्तापूँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ। 

कम्पनीले हकप्रद शेयर निष्कासनबाट प्राप्त हुने रकममध्ये सबै खर्च कटाई बाँकी सबै रकम बैंकहरुबाट लिएको दीर्घकालिन ऋणको भुक्तानी गर्ने बताएको छ ।शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved