मोदी इनर्जीले हकप्रद निष्कासन गर्ने तयारी गरेको छ।
कम्पनीको गत साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको शतप्रतिशत अर्थात् १ : १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भन्दै विद्युत् नियमन आयोगमा सहमतिको लागि आवेदन दिने निर्णय गरेको छ ।
विद्युत् नियमन आयोगको सहमतिपछि हकप्रद शेयर निष्कासनको प्रस्ताव आगामी वार्षिक साधारणसभा लैजाने निर्णय पनि कम्पनीले गरेको छ।साधारणसभाले उक्त प्रस्ताव पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्कासन गर्नेछ ।
कम्पनीले हकप्रद शेयर निष्कासनबाट प्राप्त हुने पूँजीले बैंकको ऋण चुक्ता गरिने बताएको छ ।कम्पनीले २० मेगावाटको लोवर मोदीखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि २०७८ असोज १४ गतेदेखि विद्युत् उत्पादन गरिरहेको छ ।