म्यूजिक नेपालले हकप्रद शेयर निष्कासन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2024 | 09:20:57 AM मा प्रकाशित

laxmi  sunrise bank

म्यूजिक नेपाल लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले बुधवार सार्वजनिक सूचना प्रकाशित गर्दै तत्काल कायम रहेको शेयरधनीका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३ लाख २७ हजार ३४७ कित्ता हकप्रद साधारण शेयर जारी गर्न लागेको हो ।

कम्पनीले हाल कायम सम्पूर्ण शेयरधनीहरुलाई जानकारीको लागि कम्पनी ऐन, २०६३ को दफा ५६(७) बमोजिम १५ दिने सूचना प्रकाशित गरिएको बताएको छ ।

निजीस्तरको पहिलो सङ्गीत उद्योग म्यूजिक नेपाल पहिलो पटक लिमिटेड कम्पनीको रुपमा रहेको छ । २०३९ साल साउन २४ गते स्थापना भएको म्यूजिक नेपालले शुरुवाती दिनहरूमा गीत रेकर्डिङ गरेर श्रव्य एल्बमहरू प्रकाशन गर्दै नेपाली सङ्गीतको व्यावसायीकरण गर्न थालेको हो ।

नेपाली सङ्गीत उत्पादन र प्रकाशनमा झन्डै चार दशक लामो यात्रा गरिरहेको उक्त कम्पनीले निकट भविष्यमा नै आईपीओ निष्कासन गर्ने योजनाका साथ काम भइरहेको बताएको छ । 

कम्पनीले आईपीओ निष्कासन गर्ने सम्बन्धमा एनआईसी एशिया क्यापिटललाईनिष्कासन तथा बिक्री प्रवन्धकमा यसअघि नै नियुक्ति गरिसकेको छ । 

कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौ महानगरपालिका- २९, अनामनगरमा छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved