नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने समय थप, चैत १४ गतेसम्म मौका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2025 | 09:36:32 AM मा प्रकाशित

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको फागुन ८ गतेदेखि निष्काशन तथा विक्री खुला भएको हकप्रद शेयरमा आवेदन दिने म्याद थप भएको छ। इन्स्योरेन्सले निष्काशन गरेको हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयरमा अब चैत १४ गतेसम्म आवेदन दिन सकिने भएको हो।

कम्पनीले प्रति शेयर अंकित मूल्य रु १०० तोकी फागुन ८ गतेदेखि  एक सय कित्ता बराबर २५ कित्ता हकप्रदको आवेदन खुला गरेको हो ।

कम्पनीको हाल चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्कासनपछि २५ प्रतिशतले वृद्धि भई चुक्ता पूँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ। यसका लागि कम्पनीले ५० करोड ३० लाख रुपैयाँ बराबरको ५०,३०,९०१.५५ कित्ता हकप्रद सेयर जारी गर्दैछ। कम्पनीको वित्तीय सुदृढता वृद्धि गर्न यो हकप्रद शेयर महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

यस हकप्रद शेयरको निष्कासन तथा विक्री प्रवन्धकको रूपमा सानिमा क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। शेयरधनीहरूले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सदस्य वित्तीय संस्थाहरू वा सीआस्वा प्रणालीमार्फत तथा नेको इन्स्योरेन्सका तोकिएका शाखा तथा सानिमा क्यापिटलको कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यसका लागि बुक क्लोज मिति माघ १७ गते तोकिएको थियो। तसर्थ, सो मितिभन्दा अगाडि कायम रहेका शेयरधनीहरूले मात्र हकप्रद शेयर खरिद गर्न सक्नेछन्। कम्पनीले हकप्रद सेयर निष्कासनपछि शेयरधनी संरचना परिवर्तन हुने र बजारमा यसको प्रभाव देखिन सक्ने बताइएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved