एसएलसीको रिजल्ट सार्वजनिक, ४ लाख २५ हजार ‘पास’, यसरी हेर्नुस् रिजल्ट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 20, 2016 | 09:19:12 AM मा प्रकाशित

laxmi sunrise bank

गत शैक्षिक सत्रमा संचालित प्रबेशिका परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक ग्रेडिङ अनुसार परीक्षाफल सार्वजनिक गरेको हो

आज दिउँसो ३ बजे सार्वजनिक गरिएको प्रबेशिका परीक्षाको नतिजा अनुसार परिक्षामा ४ लाख २५ हजार ‘पास’ बिद्यार्थी पास भएका छन् । जसमा १६ हजार ४५४ परीक्षार्थीले जीपीए ३.६ देखि ४ सम्म अंक ल्याएका छन् जुन सबैभन्दा उच्च नजिता हो । ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ४१ हजार ५७७ रहेको छ ।

यो बर्षदेखि ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डी प्लस, डी र ई समूहमा छुट्याएर नतिजा सार्वजनिक गरिएको हो । गत चैत १८ गतेदेखि २९ गतेसम्म संचालित परीक्षामा देशभरबाट ६ लाख १५ हजार ५ सय ५३ विद्यार्थी सहभागी भएका थिए ।

यसरी हेर्नुहोस रिजल्ट 
एसएलसी रिजल्टका लागि परिक्षा नियन्त्रण कार्यालयले नेपाल टेलिकम लगायत बिभिन्न सेवा प्रदायकसंग सम्झौता गरेको छ । सो सम्झौता अनुसार बिभिन्न अनलाइन र एसएमएस सेवा मार्फत पनि नतिजा थाहा पाउन सकिने छ ।

यसका लागि वेबसाइट www.moe.gov.np, www.doe.gov.np, www.slcresult.soce.gov.np, www.slc.ntc.net.np, नेपाल टेलिकमको CDMA, Postpaid, prepaid मार्फत १६०० नं डायल गरी प्राप्त सन्देशअनुसार नतिजा प्राप्त गर्न सकिने छ ।

त्यस्तै SMS बाट नजिता थाहा पाउन PQm\N, CDMA, Postpaid, prepaid मोबाइलको मेसेज बक्समा गएर slc space सिम्बोल नं र अल्फाबेट टाइप गरी १६०० एसएमएस पठाउन सकिनेछ ।

त्यस्तै एस.एल.सी नतिजा जीपीए ग्रेड सहित हेर्नका लागी ३५००१ मेसेज गर्न सकिनेछ। यसका लागी slcसिम्बोल नम्बर लेखि ३५००१ मा मेसेज गरि नजिता हेर्न सकिनेछ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved