अब अमेरिका जाने प्रक्रिया सहज ( नयाँ प्रक्रियाको जानकारी सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 20, 2016 | 09:27:06 AM मा प्रकाशित

laxmi sunrise bank

जेठ ४। काठमाडौँस्थित अमेरिकी दूतावासले पर्यटक तथा विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया सहज बनाएको छ। बिगतमा आवेदन दिने व्यक्तिहरुले बैंक स्टेटमेन्ट र लालपुर्जा पनि बुझाउनु पर्ने व्यवस्थालाई हटाएर अब यी कागजात नचाहिने भएको छ।

आवेदकलाई छलकपटबाट बचाउन तथा पैसा र समय बचत गर्न भन्दै नयाँ व्यवस्था जेठ १९ गतेबाट लागु हुने नेपाल स्थित अमेरिकी दुतावासले बिज्ञप्ति मार्फत जानकारी गराएको छ। बिगतमा बुझाइने गरिएका बैंक मौज्दात विवरण, जग्गासम्बन्धी कागजात, निमन्त्रणा पत्र वा त्यस्तै अन्य कागजपत्र तथा दस्तावेजहरू ल्याएमा सुरक्षा इकाइको हातमा छाड्न लगाइने अमेरिकी दूताबासले जानएको छ।

आवेदकहरूले हालैका महिनामा कन्सलटेन्सीहरूलाई अन्तर्वार्ताका लागि कागजपत्र तयार पार्न वा प्राप्‍त गर्न नगद रकम तिरेको र पछि त्यस्ता कागजपत्रहरू कन्सुलर अधिकृतहरूले नखोज्ने कुरा थाहा पाएको गुनासो गरेका थिए। जसकारण सम्भावित जोखिमबाट बचाउन नयाँ व्यवस्था गरिएको दुतावासले जनाएको छ।

पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले आफ्नो साथमा निम्न कागजपत्रहरू ल्याउनु पर्नेछ :

  • राहदानी
  • पुराना राहदानी
  • DS-160 कन्फर्मेशन पेज
  • आवेदन शुल्क भुक्तानी रसिद
  • फोटो
  • I-20 (विद्यार्थी भिसा आवेदकका लागि)
  • ट्रान्स्क्रिप्ट (विद्यार्थी भिसा आवेदकका लागि)

अमेरिकी दूतावासले अन्तर्वार्तामा ल्याइएका सम्पूर्ण शैक्षिक ट्रान्स्क्रिप्टहरूको प्रमाणीकरण गर्ने बताएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved