३२ जनाबाट २ करोड १५ लाख ठगी गर्ने संचालक पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 21, 2016 | 07:27:19 PM मा प्रकाशित

laxmi  sunrise bank

युरोप पठाउछु भन्दै मोटो रकम असुली गर्ने एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ। ३२ जनाबाट २ करोड १५ लाख गठी गर्ने सोलुखुम्बु तिलङघाट ६ घर भइ पेप्सिखोला बस्ने नारायण खड्कालाई पक्राउ गरिएको महाशाखा प्रमुख एसपी प्रकाशजंग कार्कीेले जानकारी दिए।

उनले काठमाडौंको तीनकुनेमा हाइलिंक एजुकेशन कन्सल्ट्यान्सी र जव प्लेसमेन्ट सेन्टर खोलेर ३२ जनाबाट २ करोड १५ लाख गठी गरेको महाशाखाका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

उनले दिल्ली, बैंकक, मकाउ हुदैँ रसिया र त्यहाँबाट पोर्चुगल पठाउने भन्दै प्रतिव्यक्तीबाट १४ लाखसम्म लिएको बोगटीले बताए। उनले पठाएका मानिसहरु अहिले मकाउ, बैंकक, दिल्ली लगायतका स्थानमा अलपत्र परिरहेका छन्। काभ्रेबाट पक्राउ गरेर उनीमाथि थप अनुसन्धान भइरहेको डिएसपी बोगटीले बताए।

संचालक खड्काको कम्प्युटर रेकर्डबाट हालसम्म २ करोड १५ लाख भन्दा बढी रकम ठगी गरेको समेत खुल्न आएको छ। खड्काको साथबाट विभिन्न व्यक्तिका नाममा जारि गरिएको १४ थान पासपोर्ट, एक थान ल्यापटप, विभिन्न १५० जना व्यक्तिको फोटो र कम्पनीको छाप बरामद गरिएको छ। 
 
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved