अज्ञात व्यक्तिहरुको एक समुहले काठमाडौंको डल्लुस्थित विष्णुमती पुलनजिक एउटा स्कूल बसमा आगजनी गरेका छन् । धोबिघाटमा रहेको आइडल मोडल स्कूलको बा २ क ४६९ विद्यार्थी बोकेको बसमा तीन जना अज्ञात व्यक्तिले आगजनी गरेका हुन् ।प्रतक्ष्यदर्शीका अनुसार उनीहरुले बसमा चढेर सबै विद्यार्थीलाई झारेर पेट्रोल छर्की आगो लगाएका थिए ।
विहान साँढे ६ बजे गरिएको आगजनीबाट बा २ क ४६९ नम्बरको बस जलेर पूर्ण रुपमा ध्वस्त भएको छ। आगजनी गरेको स्थानमा अखिल केन्द्र र योङ कम्युनिष्ट फोर्स लेखिएको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।