राज्यले बलजफ्ती गरेर भ्यु टावर बनायो भने जनताले भत्काईदिन्छन्, यसमा गगन थापाको साथ छ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 05, 2016 | 11:31:03 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं महानगरपालिकाको अति महत्वाकांक्षी परियोजनाका रूपमा रहेको ‘काठमाडौं भ्यु टावर’ निर्माण अन्योलमा पुगेको छ । सुरुमा २९ तले टावर निर्माण गर्ने तयारी गरे पनि महानगरले पछि नक्सा परिमार्जन गर्दै १२ तले भवन बनाउने गरी ठेक्का सम्झौता लगाएको हो । तर ठेकेदार कम्पनीले टावर निर्माणमा चासो दिने छोडेको छ  ।  

अर्को तर्फ टावर बन्न नहुने आवाज उठ्न थालेका छन्  । टावर बन्नु हुदैन र बन्न दिन्न भनेर लागेका मध्ये एक हुन् काठमाण्डौ क्षेत्र नम्बर ६ का सांसद भीमसेनदास प्रधान छन्। उनी स्वास्थ्यमन्त्री गगन थापाको समेत आफुलाई साथ रहेको भन्दै टावर बनाउदै नहुने पक्षमा मत ब्यक्त गर्दै आएका छन्  । यसै प्रसङ्गमा हामीले सांसद प्रधानसँग टावर निर्माणको विरोध गर्नुको कारण खोतलेका छौ । 

काठमाण्डौ भ्यु टावर बनाउने कामको किन विरोध गरिरहनु भएको छ  ?

हो म यो व्यापारिक भवन बनाउने कुराको विरोधी हुँ। यस भवनले जनतालाई कंगाल बनाएर केहि मान्छेलाई मात्रै धनि बनाउछ। जनताको दैनिकीलाई आघात पार्ने कुनै पनि काम जनप्रतिनिधिले गर्न सक्दैन। यसकारण, यो भवन बनाउनु नै हुँदैन भन्ने मेरो मान्यता हो।

यति ठुलो टावर बन्दा त शहर सुन्दर हुने, र धेरैले रोजगारी पाउने सम्भावना रहँदैन र ?

०१८ सालसम्म पुरानो बसपार्क क्षेत्र पुरै खेत थियो। यो काठमाण्डौका जनताको तरकारी खाने बारी अर्थात 'जुग्देल' हो सिंगै काठमाण्डौलाई यहीबाट तरकारी पुर्याइन्थ्यो। यो ठाउँ काठमाण्डौका जनताले कुनै व्यापारीको व्यापार नाफाका लागि दिएका थिएनन्।  बसपार्क बनाउन मात्रै दिएका हुन्। यसकारण यो ठाउँमा अहिले पनि बसपार्क छ, र भविष्यमा पनि बसपार्क नै रहनुपर्छ।

विकास हुनुलाई त अन्यथा ठान्नु भएन नि, तपाइको विचार त श्राद्द विरालो बाध्ने शैलीको भएन र ?

काठमाडौं भ्यु टावर के को विकास हो? यो त विनासको सुरुवात मात्र हो। यो टावर बन्दा काठमाडौंमा खालि स्थान घट्ने छन्। अनि ठुलो टावर बनाउदा धेरै तलसम्म खन्नु पर्ने भएकाले स्थानीयका घर चर्किने, भत्किने सम्भावना छ। जनताको प्रतिनिधिले जनताका घर भत्काएर व्यापारीको नाफा बढाउने काममा साथ दिन सक्दैन। यो त काठमाडौं कुरूप बनाउने प्रयास मात्रै हो। जनतालाई बेघर बनाउने प्रयत्न मात्रै हो। स्थानीयका घर भत्किदा राज्यले बानाइदिन्छ ? चर्किएका घरको क्षतिपुर्ती सरकारले दिन्छ ? बसपार्क आसपास व्यापार गरेर बसेकाहरुलाई राज्यले सहयोग गर्छ ? अहँ गर्दैन यसकारण म यो टावरको विरोधी नै हुँ।

काठमाडौं महानगरपालिका​ पनि त काठमान्डूकै जनताको सबैभन्दा नजिकको निकाय हो नि उसले त यसबाट जनतालाई फाइदा हुन्छ भनेको छ त ?

अहिलेको काठमाडौं महानगरपालिका जनताबाट निर्वाचित प्रतिनिधिहरुको संस्था होइन। जन निर्वाचित नेतृत्व नभएको यही मौकामा भ्रष्ट मानसिकताका कर्मचारीहरुले काठमाण्डौ भ्यु टावरलाई कमाउने माध्यम बनाएका छन्। के रुद्रसिंह तामाङ् भन्ने मान्छे जनताको प्रतिनिधि हो ? के उनी काठमाडौंको बासिन्दा हुन् ? यी दुवै होइनन, यसकारण उनलाई काठमाडौंका जनतासंग सरोकार छैन खालि आफ्नो पेट भर्नुछ। सोहि कारण उनी यो टावर बनाउन कम्मर कसेर लागेका छन्।

यति राम्रो टावर छ, २९ तल्ल अग्लो, तिन तल्ला त पार्किंङ मात्र छ, सारा सुविधा छ, किन नबनाउने भन्नुहुन्छ ?

यो भब्य होला, यसभित्र सुविधा होलान, त्यो सव आफ्नो ठाउँमा छ। तर यसले काठामाडौंको मौलिकता मारेको छ। काठमाण्डौ त तिन तल्ला भन्दा अग्ला घर थेग्ने अवस्थामै छैन। पुरानो काठमाडौं कति व्यवस्थित थियो, हेर्नुस त् वहाल, चोक, चागल अहिले ति कहाँ गए ? ठुला भवन बनाउदै जाँदा पानीका श्रोत सुके। वहाल, चोक र चागल भत्काइए, पानीका पोखरी सुके, तरकारी खाने जुग्देल हराए यसकारण यो टावर जनताको पक्षमा छैन। पुर्खाहरुले राखी दिएका लैनचौर, नारायणचौर लगायतका खाली स्थान अहिले मान्छेले भरिसके। टुँडिखेल, रत्नपार्क, खुलामंच सब सिदिदै छन्। भोलि जे पनि हुन सक्छ, त्यो बेला जनताले सुरक्षित महसुस गर्ने खालि स्थान मास्न पाइदैन।

सरकार त बनाउने भनेर कस्सिएको छ त ?

यदि यो टावर बन्यो भने जनअपमान हुनेछ। एकजना जनप्रतिनिधि आफ्ना जनताको अपमान सहेर बस्न सक्दैन। यसकारण म यो टावर बनाउन दिने पक्षमा छैन। मेरो साथमा काठमाडौंका जनता छन्। माननीय गगन थापा हुनुहुन्छ। यदि राज्यले बलजफ्ती यो टावर बनायो भने जनताले नै यो टावर भत्काउने छन्। मलाई जनताको साथ रहनेछ। 

यो पनि : काठमाण्डौ भ्यु टावर अन्योलमा, निर्माण भए भत्काईदिने सांसदको चेतावनी   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved