
प्रशान्त महासागरको सोलोमन टापु नजिक शक्तिशाली भूकम्प गएको छ । भूकम्प ७.७ रेक्टर स्केलको मापन गरिएको छ ।
भूकम्पको पहिलो धक्कापछि चार साना साना पराकम्पहरु गएका थिए । केही क्षेत्रमा विजुली काटिएको छ भने फोन सम्पर्कसमेत विच्छेद भएको छ । भूकम्पछि सुनामीको खतरा जारी गरिएको थियो । तर, त्यसलाई आहिले फिर्ता लिइएको छ ।
एशिया प्रशान्त सुनामी चेतावनी केन्द्रका अनुसार सोलोमन टापू, वानुआतु, पपुवा न्यू गिनी, नैअरु, न्यू क्यालिडोनिया, तुवालु तथगा कोसरे क्षेत्रमा केही समयमा प्रभावपर्ने जनाइएको छ ।