छायाँमा खुला प्रतिस्पर्धा: म्यानपावर व्यवसायीलाई जनक शिक्षाको प्रबन्ध निर्देशक बनाईदै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 06, 2017 | 09:59:36 PM मा प्रकाशित

laxmi sunrise bank

राज्यको लगानीमा संचालित लामो गौरवमय इतिहास बोकेका संरचनाहरु चुस्त व्यवस्थापन र कर्मचारीको गैरजिम्मेवारीपन र संचालक नेतृत्त्वमा राज्यले राम्रो भन्दा पनि हाम्रो मान्छेलाई नियुक्ति गरेर जिबन मरणको दोसाधमा रहेका छन। 

त्यस्तै संरचनाहरु मध्ये जनक शिक्षा सामाग्री केन्द्र पनि होे। देशभरीका वालकालिकालाई समयमा नै सहज ढंगले पुस्तक प्रकासन र वितररणको जिम्मा पाएको जनक लामो समय देखी प्रवन्धक निर्देशक बिना नै बसेको छ । 

आर्थिक रुपमा घरायसी  र व्यवस्थापकिय कमजोरीका कारणले उदोउन्मुख भएको जनकमा खुल्ला प्रतिस्पर्थावाट नयाँ ढंगले अगाडी र यसको विरासत कायम राख्ने नेतृत्व दिनु पर्ने बेलामा राजनीतिक पार्टीका उच्च तहमा बसेका नेताहरुको स्वार्थ केन्दीत आफु निकटमा मान्छेलाई नियुत्ति गर्न लागेका  छन् । 

जीवन भर नीजि व्यवसाय संचालन गरी नेपाली युवालाई विदेश पलायन गराउने म्यानपावर संचालन गर्दै आयका व्यवस्थापिकय र प्रसासनिक अनुभव समेत नभएका महेस  तिमल्सिनालाई माओवादी  नेता नारायणकाजी श्रेष्ट र गिरिराजमणि पोखरेलको  निकट भएकै कारण उनीहरुले शिक्षा मन्त्री र उनको सचिवालयमा  दवाव दिइरहेका छन् । यही दवाबका कारण  जनक शिक्षाको प्रबन्धक निर्देशक नेता निकटका व्यक्तिलाई नै 
वनाउने मनसायमा शिक्षा मन्त्री पुगेको बुझिन्छ। 

नेता गिरिराजमणि पोख्रेल शिक्षा मन्त्रि हुँदा जनक शिक्षाको पुनर्संरचनाका लागि सुधार योजनाको माग गरि खुला प्रतिस्पर्धाबाट नेतृत्त्व गर्ने तयारी गरेका थिए। तर अहिलेको नियुक्तिको तयारीले उनको योजना छायाँमा परेको देखिएको छ। 

खुला प्रतिष्पर्धाबाट नै नेतृत्त्व ल्याउने पुर्व शिक्षामन्त्रि गिरिराज मणिको योजना बिफल हुने त निश्चित जस्तै भएको छ भने नेताको गोजीबाट गरिने नियुक्तिबाट संकटग्रस्त जनक शिक्षा झनै बिजोग बन्ने देखिएको छ। आर्दशका कुरा गर्ने नेताहरुनै जनकको विकास हैन आफ्नो मान्छेलाई ल्यायर आफनो स्वार्थ पुर्तिमा लागेको देखिन्छ ।  
 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved