शहीद दिवसको अवसरमा चन्द्रागिरि केबलकारको टिकट खरदिमा ५० प्रतिशत छुट 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 28, 2017 | 05:26:30 AM मा प्रकाशित

laxmi  sunrise bank

शहीद दिवसको अवसरमा चन्द्रागिरि केबलकारको टिकट खरदिमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। माघ १६ र १७ गते शहीद परिवारको परिचय प्राप्त सदस्यहरुलाई ५० प्रतिशत छुटमा टिकट खरिद गर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ।

शहीदको त्याग, तपस्या र बलिदानको कदर स्वरूप शहीद परिवारका सदस्यहरुलाई यस्तो व्यवस्था गरिएको चन्द्रागिरी हिल्स लिमिटेडले जनाएको छ। यस सुविधा अन्तर्गत टिकट खरिदका लागि नेपाल सरकारबाट वितरण गरिएको शहीद परिवार सदस्य परिचय पत्र अनिवार्य रुपमा साथ मै लिई आउनुपर्ने छ।

कम्पनीका अनुसार छुट व्यवस्था अनुसार ७ सय रुपैयाँ पर्ने केबलकार टिकट ३ सय पचास रुपैयाँमा प्राप्त गर्न सकिनेछ । यो सुविधा लिने यात्रुले अन्य छुट सुविधा लिन नपाउने कम्पनीले जनाएको छ । यो सुविधा अन्तर्गतको टिकट कम्पनीको थानकोट स्थित टिकट काउन्टरबाट मात्र लिनुपर्नेछ। चन्द्रागिरि हिल्स लिमिटेडद्वारा संचालित चन्द्रागिरि केबलकारले यो छुट माघ १६ र १७ गरि दुई दिनका लागि मात्र उपलब्ध गराउने जनाएको छ।      

 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved