कोका–कोला मोःमोत्सव फेरी सुरु, महोत्सव मध्य मार्चसम्म चल्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 09, 2017 | 08:33:29 AM मा प्रकाशित

laxmi  sunrise bank

गत वर्षको मोःमोत्सवको सफलतापछि कोका–कोलाले फेरी मोमोत्सव ल्याएको छ। कोका–कोला र खानाको विश्वव्यापी परम्परालाई निरन्तरता  दिँदै यस बर्ष पनि मोःमोत्सवको आयोजना गरिएको कम्पनीले जनाएको छ। 

नेपालका प्रमुख चेन रेष्टुरेन्टहरु तथा भोजनालयहरुसँगको सहकार्यमा अनुपम ‘कोका–कोला मोःमोत्सव’गत वर्ष देखि आयोजना गर्दै आएको छ। यहि क्रमलाई निरन्तरता दिदै कम्पनीले आज देखि सुरु गरेको मोःमोत्सव महोत्सव मध्य मार्चसम्म चल्ने छ।

आजदेखि सुरु भएको यस महोत्सबमा चर्चित कलाकार तथा नेपालको राष्ट्रिय फुटबल टिमका खेलाडीहरुका साथमा विभिन्न आउटलेटहरु भ्रमण गर्ने जनाइएको छ। यस महोत्सवमा सहभागीहरुले पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ। मोःमोत्सव काठमाडौं उपत्यका, पोखरा, धरान, इटहरी र बिराटनगरका विभिन्न रेष्टुरेन्टहरु तथा भोजनालयहरुमा आयोजना हुनेछ ।

यस योजना अन्तर्गतका कार्यक्रम तथा सरप्राइज उपहार प्राप्त गर्नका लागि कोका–कोलाको आधिकारिक फेसबुक पेज लाइक गरि कोका–कोला र मोःमो संग आफ्नो सेल्फि खिचि #Cokeandmomo का साथ  @CocaCola6\ ट्याग गरि Facebook मा आफ्ना पोस्टहरु पब्लिक गरी अपलोड  गर्नुपर्ने हुन्छ ।   

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved