भारतीय स्मार्टफोन ब्राण्ड माइक्रोम्याक्सको ‘पी सिक्स्टि वान' फोन नेपाली बजारमा भित्रिएको छ। ८ इन्च डिस्प्ले भएको यो फोन बजेट अनुकुल भएको कम्पनीले जनाएको छ।
बिशेष किसिमको प्रोसेसर रहेको यो फोन १.३ GHz Quad-Core प्रोसेसरद्वारा संचालित रहेको कम्पनीले जनाएको छ। एन्ड्रोयडको मार्शमाल्लो ६.० अपरेटिंग सिस्टममा आधारित यस फोनको र्याम भने १ जीबी रहेको छ भने १६ जीबी आन्तरिक मेमोरी र ३२ जीबीको कार्ड थप गर्न सकिने छ।
यस फोनको ब्याट्री ४ हजार एमएएचको छ भने ३ जी नेटवर्क सपोर्ट गर्ने छ। ५ मेगा पिक्सेलको प्राथमिक क्यामेरा र ८ मेगा पिक्सेल फ्रन्ट क्यामेरा रहको यस फोनमा डबल सिमको सुविधा उपलब्ध छ। नेपाली बजारमा यस फोनको मूल्य १४ हजार ७ सय तोकिएको छ।