कक्षा १२ विज्ञानको नतिजा सार्वजनिक (नतिजा हेर्ने तरिका सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 08, 2016 | 04:31:25 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को विज्ञान विषयको नतिजा आईतबार प्रकाशित गरेको छ ।  

गत बैशाख तेस्रो सातादेखि भएको  परीक्षामा विज्ञान समूहबाट नियमित र आशिंक गरी ५० हजार ३ सय ८४ जनाले परीक्षा दिएका थिए। त्यसमा ४० हजार ६ सय नियमित तर्फका विद्यार्थीले परीक्षा दिएका थिए। 

आज सार्बजनिक नतिजा अनुसार परीक्षामा ७३.७७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ४० हजार ६ सय ३ जना परीक्षार्थीले दिएको उक्त परीक्षमा २८ हजार ९ सय ५२ जना पास भएको जानकारी परीक्षा नियन्त्रक सन्तोष अर्यालले दिए  ।  

यसैगरी आशिंक तर्फ विज्ञान र संस्कृत विषयका ४५.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।  

नतिजा हेर्न HSEB लेखि एक स्पेस दिएर सीम्बोल नम्बर लेखि ३५००१ मा पठाउन सकिने छ । 

मार्क सिट सहित http://neb.ntc.net.np/result.php मा हेर्न सकिन्छ । 



 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved