आज नवरात्रको नवौं दिन सिद्धिदात्री देवीको उपासना गरिँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2022 | 08:07:46 AM मा प्रकाशित

laxmi  sunrise bank

नवरात्रको आज नवौं तथा अन्तिम दिन । आज विशेषगरी दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको पूजाआराधना गरिन्छ । 

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरीको पूजाआराधना गरिएको थियो ।

महाअष्टमीका दिन हातहतियार, मेसिन र सवारीसाधनको पूजा नगरेकाहरूले  पनि आज बलीसहित विश्वकर्माको पूजा गर्ने गर्छन् । आजैका दिनमा  नवदुर्गाको प्रतिकको रुपमा नौ कन्याहरूको पूजासमेत गरिन्छ । 
नेपाली सेनालगायत सुरक्षा निकायले कोतमा रहेको हातहतियारको र निशानको पूजाआजा गरी हर्षबढाइँ गर्ने परम्परा छ । नेवार समुदायमा महानवमीकै दिन भीमसेनको पूजा गरी बली दिने परम्परा छ ।

नौ दिनसम्म आह्वान गरेर घरघरमा पूजा गरेको नवदुर्गाको दशमीका दिन बिसर्जन  गर्ने गरिन्छ ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved