मेक्स एक्सचेन्ज र मिड–भ्याली इन्टरनेश्नल कलेजबीच एम.ओ.यू. सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 18, 2016 | 08:09:38 AM मा प्रकाशित

laxmi sunrise bank

मर्कन्टाईल एक्सचेन्ज नेपाल लिमिटेडले मिड–भ्याली इन्टरनेश्नल कलेजसँग एम.ओ.यू.सम्झौता गरेको छ। वित्तिय शास्त्र अध्यनरत विद्यार्थीहरुलाई कमोडिटी डेरिभेटिभ सम्बन्धि सैद्धान्तिक तथा व्यवहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले यो सम्झौता गरिएको मर्कन्टाईल एक्सचेन्जले  जनाएको छ । 

सम्झौता अनुसार मेक्स र मिड–भ्यालीले संयुक्त रुपमा कमोडिटी डेरिभेटिभ शिक्षा सम्बन्धि बिभिन्न किसिमका कार्यक्रहरु संचालन गर्नेछन् । देशका लगभग सबै विश्वबिद्यालयहरुले वित्तीय शास्त्रको पाठ्यक्रममा डरेभेटिभ विषयलाई विषेश महत्व दिएको अवस्थामा यस किसिमको साझेदारीले वित्तीयशास्त्र अध्ययनरत बिद्यार्थीहरुको व्यवहारिक तथा प्राविधिक ज्ञान अभिवृद्धि गर्न कोशेढुंगा सावित हुने बिश्वास गरिएको छ। 

मेक्सले व्यवस्थापन संकायका विद्यालयहरुमा कमोडिटी डेरिभेटिभ सम्बन्धि व्यवहारिक तथा प्राविधिक ज्ञान अभिवृद्धि गर्न विभिन्न कार्यक्रम संचालन गर्दै आईरहेको जनाएको छ। 

कमोडिटी एक्सचेन्जले कुनै शैक्षिक संस्थासँग गरेको यस किसिमको पहिलो एम.ओ.यू.सम्झौता हो र यसका साथै भविष्यमा अन्य व्यवस्थापन कलेजहरुसँग पनि सो किसिमको साझेदारी गरिने एक्सचेन्जले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved