प्रलोभन देखाई मोटो रकम असुल्ने कन्सल्टेन्सी संचालक पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 24, 2016 | 07:37:07 PM मा प्रकाशित

laxmi sunrise bank

क्यानडामा रोजगारी दिलाइदिने भनी मोटो रकम अशुल धन्दामा लागेका बसुन्धारा काठमाण्डौ स्थित द वर्ड एण्ड मेमोरियल इजुकेशन कन्सल्टेन्सीका संचालक पक्राउ परेका छन। निरन्तरको अनुसन्धान पश्चात कन्सल्टेन्सीका संचालक युवक राईलाई विशेष प्रहरी टोलीले कलंकीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ।

शैक्षिक परामर्श सेवा, भाषा शिक्षण तता पुर्व तयारी कक्षा जस्ता पुर्व तयारी कार्यक्रमहरु संचालन गर्ने उद्देश्य राखी दर्ता भएका संस्थाले रोजगारीको लागी विदेश पठाई दिने भनी पिडितहरूलाई झुक्याई, प्रलोभनमा पारी ठगी गरेको खुल्न आएपछि संचालक राइ बिरुद्द कारबाही प्रक्रिया अगाडी बढाईएको हो।

कन्सलटेन्सीबाट क्यानडामा एग्रीकल्चरको काममा रु।२,१०,०००।- तलवमा पठाईदिन्छु भनी दैनिक पत्र पत्रिका समेतमा विज्ञापन निकाली युवक राईले ढकेन्द्र निरौला लगायतका पिडित व्यक्तिहरुबाट झन्डै २८ लाख बराबर रकम उठाएको प्रहरीले जनाएको छ।

क्यानडा पठाइदिने प्रलोभनमा पारी प्रतिव्यक्ति १२ देखि १६ लाखसम्म रकम असुल गरिएको खुल्न आएको छ । संचालक राईले पिडित ढकेन्द्र निरौलाबाट रु.१३,००,०००।-, सुजन श्रेष्ठ, तिर्थलाल श्रेष्ठ, सुदर्शन थापा, टंक तामाङ, शम्भु घिमिरे र अनिल कुमार लामा समेतबाट रु.१४,५०,०००।- गरी जम्मा रु।२७,५०,०००।- (सत्ताईस लाख पचास हजार) लिएको अनुसन्धानबाट खुल्न आएको छ। 

सुनसरी धरान उ।म।न।पा।-८ स्थाई ठेगाना भएका ३० बर्षीय संचालक राइका नेपालमा रहेका राजु ढकाल मार्फत नक्कली भिषा समेतका डकुमेन्टहरु तयार गर्न लगाई May 11, 2016 मा नेपालबाट फिलिपिन्समा संचालक युवक राईले बोलाई भेटी एक लजमा राखी अलपत्र पारी छाडी भागेकोमा पिडित नेपाल फर्की महाशाखामा जाहेरी दिएपछी कारबाही अगाडी बढेको हो।

संचालक राइले अन्य ब्यक्तीहरुलाई समेत यसै गरी फसाएको हुन सक्ने प्रचुर सम्भावना रहेकाले ठगी मुद्दामा आवश्यक कारवाहीको लागी संचालक राइलाई मिति २०७३।०५।०७ गते महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाइएको छ। साथै उक्त कन्सल्टेन्सीले धेरै व्यक्तिहरूलाई त्यसरी ठगी गरेको हुनसक्ने देखिएकोले उक्त विषयमा समेत अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।    

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved