अहिलेको प्रमुख चुनौती साइबर सुरक्षा : ओली

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 12, 2018 | 02:14:20 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले २१ औं शताब्दीको महत्वपूर्ण चुनौती साइबर सुरक्षा भएको बताएका छन् । साईबर अपराध प्रत्यक्ष हमला भन्दा पनि खतरनाक हुने भन्दै ओलीले राष्ट्रिय सुरक्षाका विविध आयामका बारेमा जानकार रही साइबर सुरक्षाको विश्वसनीय योजना सहित सुरक्षा निकायहरुबीच समन्वय बनाउनु जरुरी रहेको बताए । 

नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक÷हुद्या क्याडेट तालिमको आयुक्त पद प्रधान कार्यक्रमलाई बिहिबार नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधी नै भएको समेत बताए । यस्ता गतिविधीले शान्ती सुरक्षा, अर्थतन्त्र र सामाजिक एकतामा असर पार्ने उनको भनाई छ । “देशभित्र हिंसात्मक गतिविधीमा क्रियाशिल अतिवादी तत्वहरु, अन्तर्राष्ट्रिय आतंककारी गतिविधीको चुनौतीहरु साथै क्षेत्रीय र जातीय विद्वेषमा आधारित द्वन्द्वहरु अहिलेका वास्तविक खतरा हुन्, यस्ता खतरा विरुद्ध हाम्रा सुरक्षा निकाय सदैव तयार हुनु पर्दछ ” भने । देश लामो अस्थिरता पछि स्थायित्वतर्फ अगाडी बढेको भन्दै ओलीले वर्तमान सरकारको लक्ष्य भनेको नेपालको  विकास रहेको बताए । “हामी अहिले तुलनात्मक रुपमा स्थिर र शान्तीपूर्ण अवस्थामा छौं, तर भविष्यमा उत्पन्न हुन सक्ने खतराका बारेमा सतर्क रहनु जरुरी छ” प्रधानमन्त्रीको भनाई । 

नेपाली सेनाले राष्ट्र निर्माणमा गरेको योगलानको प्रशंसा गर्दै ओलीले नेपाली सेनाले विश्वका द्वन्द्वग्रस्त मुलुकहरुमा पु¥याएको योगदानले गर्दा नै नेपाल शान्ति सैनिकहरुको देशको रुपमा चिनिएको बताए । उनले  नेपाली सेना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारी पुरा गर्न सक्षम  संगठनको रुपमा विकसित भएको पनि बताए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved