'नेपाली जहाज जहाँ पनि उड्न पाउछ, ईयुको कालोसूचीले केहि हुन्न'

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 19, 2018 | 01:25:20 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय नागरिक उड्यन संगठन (आइकाओ) ले नेपाल माथी लगाएको गम्भिर सुरक्षा चासोलाई हटाएपनि युरोपियन युनियनले भने नेपाल माथी लगाएको कालो सुची यथावत राखेको छ। 

आइकाओको दुई सदस्यीय टोलिले १ हप्ता लगाएर विभिन्न्न विषयमा नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) सँग अडिट गरेपछी चित्त बुझ्दो जवाफ पाएको भन्दै नेपाललाई सुरक्षा सूचीबाट हटाएको हो। 

सन् २००९ मा पहिलोपटक नेपाल आएको आइकाओको टोलीले नेपालको उड्ययनको स्थलगत अनुगमन गरेको थियो। सन २००९ देखी २०१२ सम्मका नेपालको उड्डयन क्षेत्रका घटनाहरुलाई आधार बनाएर आइकाओले नेपाललाई 'गम्भिर सुरक्षा चासो' को मुलुकमा नेपाललाई राखेको थियो। 

नेपालका बायुसेवा कम्पनी प्रतिको विश्वसनीयता, नेपाली बिमान दुर्घटना र नेपालले प्राप्त गरेको ५५ प्रतिशत अंक जस्ता तीन बिषय देखाएर आइकाओले नेपालको बायुसेवालाई कालोसूचीमा राखेको थियो।

तर आइकाओले सन २०१६ को मे महिनामा ३ जना प्राविधिकलाई नेपाल पठाएर गरेको १ बर्षको अध्ययनले नेपालको उड्ययन क्षेत्रमा सुधार देखिए पुष्टि गर्यो र आईकाओले तोकेको १९ अनुसूची पालना गर्ने क्रममा नेपालले ६० प्रतिशत अनिवार्य पालना गरेको हुनुपर्नेमा ६६.०८ प्रतिशत अंक प्राप्त गर्यो। पछिल्लो समय नेपालमा दूर्घटना दर पनि कम भएको भन्दै आइकाओले नेपाललाई सुरक्षा सूचीबाट हटाएर सुरक्षित सर्टिफिकेट पनि दियो। 

विश्वका बिभिन्न राष्ट्रहरुको सुरक्षा स्थितीको नियमित रुपमा मूल्याङ्कन र विश्वव्यापी सुरक्षा सुपरिवेक्षण अडिट गर्ने मूल निकाय आईकाओले नेपाली बायुसेवालाई सुरक्षा सूचीबाट हटाएपनि ईयुले भने अझै पनि कालो सुचीमा राखेको छ। 

'आईकाओले जुन कारण देखाएर नेपाललाई कालोसूचीमा राखेको थियो, त्यहि कारण कारण ईयुले पनि नेपाललाई कालोसुचिमा राखेको हो, जे जे कारण देखाइए ति सबै समाधान भईसके' नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बिजपाटीसंगको कुराकानीमा भने, 'आइकाओले कालोसूचीबाट हटाएर सुरक्षित सर्टिफिकेट दीईसक्यो तर ईयु भने पुरानै कारण देखाएर हामीलाई कालोसुचिमा राखेको छ।' 

नेपाल ईयुको सदस्य राष्ट्र नभएकाले उसको निर्णयले प्राविधिक बिषयमा ठुलो असर नपरेपनि नेपाली बायुसेवाको इमेजमा भन्ने त्यसले प्रभाब पार्ने विश्लेषण गरिएको छ। त्यसो त प्राधिकरणले नेपाली जहाजलाई युरोपेली आकाशमा उड्न दिनका लागि पटक पटक पत्राचार गरिरहेको छ। तर ईयुले अझैं पनि कालोसुचिबाट हटाउने चाँसो दिएको छैन। 'यहि सेप्टेम्बरमा उनीहरु (ईयु) को टोलि आउने कुरा छ, त्यसपछि सम्भवत: उनीहरुले नेपाली जहाजलाई कालो सूचीबाट हटाउनेछन' पोखरेलले भने।

ईयुले कालोसूचीमा राखेपनि नेपाली जहाज युरोप उड्न चाहे भने त्यसले अप्ठ्यारो नपर्ने पोखरेलको भनाइ छ। 'नेपालको अहिलेसम्मको उडान भनेको 'पोइन्ट टु पोइन्ट' हो, भोलि फ्रान्स उड्छु भने भने नेपाली जहाजले फ्रान्सबाट अनुमति लिए पुग्छ, त्यसैले ईयुको निर्णयले नेपाललाई ठुलो प्रभाब पर्दैन' पोखरेलले भने, 'हाम्रा जहाज जहाँ जान्छन त्यस देशले अडिट गर्छ र अनुमति दिन्छ, त्यसैले नेपाली जहाज बिश्वका सबैदेश जान सक्छन सर्त यहि हो कि त्यस देशको मापदण्ड पुरा गरेको हुनुपर्छ।' 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved