सिम्रिकले ल्यायो अत्याधुनिक प्रविधि जडित हेलिकोप्टर, यस्ता छन बिशेषता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 20, 2018 | 12:55:39 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रको हेलिकोप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयरले शुक्रबार अत्याधुनिक हेलिकोप्टर भित्र्याएको छ। ९एन एकेडी कल साइन रहेको एएस ३५० बीथ्रीई (एच १२५) हेलिकोप्टर शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।

अत्याधुनिक प्रविधि जडित हेलिकोप्टर नेपाली हेलिकोप्टर उद्योगमा कोषेढुङ्गा सावित हुने कम्पनीको बिश्वास छ। खोज तथा उद्दार, दृश्यावलोकन, पर्यटकीय गतिविधि एवम् कार्गोलगायतमा प्रयोग गर्ने उद्देश्यले हेलिकोप्टर ल्याइएको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। 

सिम्रिकले १७ वर्षे सेवा अवधिमा फ्रान्सेली हेलिकोप्टर निर्माता कम्पनी एयरबससित दुई वटा अत्याधुनिक हेलिकोप्टर खरिद गरेको थियो। अर्को हेलिकोप्टर आगामी फेब्रुअरीसम्ममा नेपाल आइपुग्ने विज्ञप्ति मार्फत जनाइएको छ ।

विशेषता :

-साढे ४ घण्टासम्म लगातार उड्न सक्ने,

-२३ हजार फिट उचाईसम्म उड्न सक्ने,

-माइनस ४ हजारदेखि ५० डिग्री सेल्सियसमा पनि उड्न सक्ने र

-एकैपटक २ हजार २ सय ५० किलोग्रामसम्म सामान बोक्न सक्ने।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved