हजारौँ पदका लागि विज्ञापन निकाल्दै लोकसेवा आयोग, मङ्सिरबाटै सुरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 15, 2018 | 08:34:57 AM मा प्रकाशित

laxmi  sunrise bank

 लोकसेवा आयोगले यस वर्ष हजारौँ पदमा विज्ञापन गर्र्ने प्रक्रिया अगाडि बढाएको छ । आयोगले मङ्सिर महिनाबाट विज्ञापनको प्रक्रिया सुरु गरेर आगामी २०७६ को असार मसान्तसम्म सबै परीक्षाको प्रक्रिया पूरा गर्ने तयारी गरेको छ । 

आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले भने, ‘‘विज्ञापन अवश्य हुन्छ, खुल्छ, अब रोकिँदैन । सम्बन्धित निकायबाट कुन कुन पदमा कति सङ्ख्यामा दरबन्दी रिक्त छ भनेर सङ्ख्या यकिन गरेर आउन भने बाँकी छ, आयोगले मङ्गलबार मात्रै पनि सम्बन्धित सबै निकायलाई ताकेतासमेत गरेको छ ।’’

सेवा सञ्चालन गर्ने मन्त्रालयहरू, न्याय सेवा आयोग, स्वास्थ्य मन्त्रालय, संसद् सचिवालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग आयोगले पत्राचार गरेर रिक्त दरबन्दी अद्यावधिक गर्नका लागि मङ्गलबार पत्राचार गरेको छ । आयोगले असोज, कात्तिक, मङ्सिरमा हुने सबै विज्ञापन मङ्सिरको अन्तिम बुधबार प्रकाशन गर्ने गरी कार्यतालिका बनाएको जानकारी अध्यक्ष मैनालीले दिए  । 

आयोगको प्रारम्भिक अनुमानमा निजामती सेवा तथा अन्य सङ्गठित संस्थाबाट गरेर करिब १५ हजार रिक्त दरबन्दीका लागि परीक्षा सञ्चालन गर्नुपर्ने हुन्छ । स्थानीय तह तथा प्रदेशसभाबाट नेपाल सरकारमार्फत विज्ञापनका लागि अनुरोध आएमा भने यो सङ्ख्या धेरै नै बढ्ने अनुमान छ । 

अध्यक्ष मैनालीका अनुसार, आयोगले सिफारिस गर्ने निजामती सेवा, संसद् सेवा, लेखापरीक्षण, निजामती सेवाकै अन्य १० वटा सेवामा हरेक वर्ष करिब छ हजार पदका लागि विज्ञापन गर्ने गरेको थियो । यसैगरी, नेपाली सेनासहित अन्य सङ्गठित संस्थाबाट लिखित परीक्षाका लागि झन्डै नौ हजार पदमा परीक्षा सञ्चालनका लागि माग आउने गरेको थियो । अघिल्लो वर्ष परीक्षाका लागि काम नसकिएका कतिपय पदमा पुनः यस वर्ष परीक्षा सञ्चालन गर्नुपर्ने हुन्छ । 

सम्बन्धित निकायले रिक्त दरबन्दी सङ्कलन गरेर आयोगलाई समयमै नदिँदा परीक्षा कार्यक्रम निर्धारित समयमै सुरु गरेर तोकिएकै अवधिमा पूरा गर्नलाई समस्या आएको छ । अध्यक्ष मैनाली भन्छन्, ‘‘यसअघि स्थानीय तह निर्वाचन, सङ्घीय संसद् र प्रदेशसभा निर्वाचनका कारण परीक्षाको कार्यक्रम पछाडि सार्नुप¥यो । अब त यस्तो समस्या नआउला भनेको फेरि सरकारको अनुरोधमा दुई महिना कार्यतालिका नै सार्नुप¥यो, अब समयको व्यवस्थापन गर्न आयोगलाई चुनौती थपिएको छ ।’’

स्थानीय तथा र प्रदेशसभाले कर्मचारीको अभाव भयो भनिराखेका छन्, आयोगले के सहयोग गर्न सक्छ भनी राखिएको जिज्ञासामा अध्यक्ष मैनालीले प्रदेश लोकसेवा आयोग गठन नहुँदासम्म केन्द्रीय लोकसेवा आयोगबाटै पदपूर्तिका लागि नेपाल सरकारमार्फत अनुरोध आएमा परीक्षा सञ्चालन गर्न तयार रहेको जानकारी दिए । ती निकायबाट माग आउने नआउने कुनै टुङ्गो छैन, आएमा आयोगले ६ देखि आठ महिनामा दक्ष जनशक्ति छनोट गरेर सिफारिस गर्न सक्षम रहेको भनाइ अध्यक्ष मैनालीको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved