‘वायु सेवा निगमलाई सधैँ घाटामा चलाउन सकिदैन’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 28, 2018 | 03:14:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायु सेवा निगमले आर्थिक संकट रहेको भन्दै सरकारसँग थप सहयोग माग गरेपछि सरकारले निगमलाई नीजीकरण गर्ने तयारी थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीले निगम कमाउने संस्था भएकोले सधैँ घाटामा राख्न नसकिने भन्दै निजिकरण गर्ने तयारी भैरहेको बताएका छन् ।
‘राजधानीमा आयोजत एक कार्यक्रममा मन्त्री अधिकारीले निगममा यस वर्ष मात्रै ६ अर्ब लगानी भईसकेको बताए । उनले भने, ‘‘निगम एउटा कमाउने संस्था हो, यसमा यो वर्षको मात्रै ६ अर्ब लगिसकेको अब यसमा सरकारले थप हेर्ने अवस्था छैन, हामी निगमको बारेमा २ हत्ताभित्र कम्पनी मोडेलमा लैजाने गरी काम गरिरहेका छौं ।’’
उनले वाइड बडी खरिदमा अनियमितता भएको भन्ने विषयमा अनियमितताको पुष्टि भएपछि जो भएपनि कारबाहीको भागिदार बन्नुपर्ने बताए । खरिद प्रक्रियामा घोटला भएको विषयमा सार्वजनिक लेखा समिती, संसदिय समिती र अख्तियारले समेत अध्ययन गरिरहेकोले यसको रिर्पोट आएपछि मात्र कारबाहि प्रक्रिया अघि बढ्ने मन्त्री अधिकारीको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved