उदयपुर सिमेन्टको उत्पादन ठप्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 08:20:40 AM मा प्रकाशित

laxmi  sunrise bank

अघिल्लो वर्ष नाफा कमाएर निकै चर्चा कमाएको सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग फेरि पुरानै लयमा फर्किएको छ । उद्योगको मेसिनमा रहेको मोटर समयमै मर्मत नगर्दा उद्योगले सिमेन्ट उत्पादन गर्न सकेको छैन । 

उद्योग अहिले नेतृत्व विहीन अवस्थामा छ । उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेल नेपाल आयल निगमको महाप्रबन्धक भएसँगै मुलुककै ठूलो उदयपुर सिमेन्टले नयाँ नेतृत्व पाएको छैन । 

निमित्त महाप्रबन्धक नवलकिशोर साहले पनि मोटर मर्मतको काम गर्न सकेका छैनन् । विद्युत् भोल्टेजमा आएको गडबडीले गत जेठ २० गते ५ सय किलोबाट क्षमताको हाइटेन्सन मोटरमा क्षति पुगेपछि उद्योगको उत्पादन कार्य बन्द भएको हो ।

मोटर मर्मत गर्न बुटवलस्थित नेपाल इन्जिनियरिङ हाइड्रो वर्कसपमा लगिएको छ । मर्मतको काम भने सुरु भएको छैन । उद्योगले हाल स्टकमा रहेको सिमेन्ट बिक्री गरिरहेका कारण वित्तीय संकट भने आइनसकेको जनाएको छ । चालू आर्थिक वर्षको असार मध्यसम्ममा २२ लाख बोरा सिमेन्ट बिक्री भइसको निमित्त महाप्रबन्धक साहले जानकारी दिए । उनका अनुसार अब १ लाख बोरामात्र स्टकमा छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved