सेनाको ‘ब्यारेक’ भित्रै महिलाको शव भेटियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2019 | 11:08:37 AM मा प्रकाशित

laxmi  sunrise bank

महोत्तरीको बर्दिबासस्थित नेपाली सेनाको मध्यपुर्वी पृतनाको कालीसिद्धि गण परिसरमा एक महिलाको बेवारिसे शव फेला परेको छ । बर्दिबास नगरपालिका–८ बिजयबस्तीमा रहेको सेनाको गणभित्रै सेतो छिरके बुट्टा भएको कुर्ता र कालो सुरुवाल लगाएकी अन्दाजी ३५ वर्षीया महिलाको शव भेटिएको हो । उनको नाम थर खुल्न सकेको छैन । शरीरका विभिन्न भागमा चोट लागि रक्तश्राव भएको अवस्थामा महिलाको शव भेटिएको सेनाले जनाएको छ ।

शनिवार सेनाको टोली मर्निङवाक जादा गण परिसरमै शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो । बर्दिबास प्रहरीका प्रहरी निरीक्षक अशोक कुमार शाहले शव शंकास्पद भएकाले घटनाको अनुसन्धान भइरहेको बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved