अब ‘कैदी’ले पनि भिडियोमार्फत वयान दिन पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2019 | 11:25:13 AM मा प्रकाशित

laxmi  sunrise bank

केन्द्रीय कारागार डिल्लीबजारमा ‘भिडियो कन्फेरेन्स हल’ निर्माण गरिएको छ । अब कैदीबन्दीसँग वकिलले अदालतमा नलगी भिडियो कन्फरेन्समार्फत नै वयान लिन सक्ने भएका छन् । 

केन्द्रीय कारागारका कारागार प्रमुख लक्ष्मीप्रसाद सापकोटाले अब कैदीबन्दीले कारागारबाटै अदालतमा भिडियोमार्फत वकिलसमक्ष बयान दिन सक्ने बताए । कारागार व्यवस्थापन विभागले केन्द्रीय कारागार, डिल्लीबजार, नख्खु, महोत्तरी, झुम्का सुनसरी, सङ्खुवासभा, तुल्सीपुर, रामेछाप र इलाम कारागारमा भिडियो कन्फेरेन्सिङ सेवा जडान गरेको हो । 

विसं १९७१ मा स्थापना भएको देशकै पुरानो केन्द्रीय कारागारमा हाल ३ हजार १२९ कैदीबन्दी छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved