चिनियाँ विदेशमन्त्री नेपाल आउँदै, कसले गर्दैछ स्वागत ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2019 | 06:52:41 AM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । यीको भ्रमणलाई राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको पूर्वतयारीका रुपमा हेरिएको छ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ नेपाल आउन लागेका हुन् । 

पाकिस्तान हुँदै नेपाल आउन लागेका उनलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने भएका छन् । 

विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिष्टाचार भेट गर्ने छन् । भेटमा चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई), चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाबारे छलफल हुने छ ।

वाङले समकक्षी प्रदीप ज्ञवालीसँग भने चिनियाँ सोमबार भेट गर्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved