नेपाल पञ्चाङ्क निर्णायक समितिले यसवर्षको वडादशैको टीकाको साइत तोकेको गरेको छ । समितिले टीकाको साइत असोज २१ गते विहान १०ः३५ बजे निर्धारण गरेको हो ।
समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले देवी विसर्जनको साइत विहान ८ः४५ बजे निर्धारण गरिएको जानकारी दिए । असोज १२ गते आइतबार नवरात्रको प्रारम्भ हुनेछ । घटस्थापनाको साइत १२ गते बिहान १०ः३५ बजे निर्धारण गरिएको छ । १३ गते सोमबार सेनाको झण्डा फेर्ने साइत बिहान १०ः२५ बजे तोकिएको छ । समितीले पश्चिम मोहडा गरेर झण्डा फेर्न भनेको छ ।
१६ गते बिहिबार पचली भैरवको यात्रा र १८ गते शनिबार फुलपातीको समय बिहान ८ः५२ बजे तय गरिएको छ । सोहि दिन तलेजु भवानीको यात्रा पनि सुरु हुने छ । १९ गते आइतबार महाअष्टमी र कालरात्री सुरु हुनेछ । २० गते महानवमी र २१ गते विजया दशमी रहेको छ ।