झापामा मध्यरातमा बम बिस्फोट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2019 | 06:43:07 AM मा प्रकाशित

laxmi  sunrise bank

झापाको गौरादह नगरपालिकामा अज्ञात समूहले आइतबार राति बम विष्फोट गराएको छ । विफोष्टका कारण प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको  गाडी पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । 

प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार राति १२ः३० बजे अज्ञात समूहले बम विष्फोट गराउँदा मिश्रले प्रयोग गर्दै आएको बा २ झ २५७० नम्बरको बोलेरो गाडी पूर्णरुपमा क्षति भएको हो ।  कार्यालयभित्र समेत अन्य शङ्कास्पद वस्तु हुनसक्ने भन्दै चारआलीस्थित नेपाली सेनाको श्री नयाँ श्रीनाथ गणबाट बम डिस्पोजल टोली बोलाएको बताइएको छ । 

यता बिर्तामोड नगरपालिका–२ मा रहेको सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा राति नै बम विष्फोट भएको छ । 

सहकारीको मूल गेटमा शक्तिशाली बम विष्फोट गराइएका कारण सहकारीको गेट, गाड रुम, सहकारीको भवनमा प्रयोग गरिएको सिसा फुटेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिए । 

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले दुई जनालाई राति नै नियन्त्रणमा लिएको छ । एकै समयमा दुवैतर्फ बम विष्फोट गराइएका कारण नेत्र विक्रम चन्द समूह (विप्लव)का कार्यकर्ताले बम विष्फोट गराइएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ तर घटनाको जिम्मेवारी कसैले पनि लिएका छैनन् । यसअघि विर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा समेत बम विष्फोट भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved