विमानस्थलबाट डेढकिलो सुन सहित एक पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2019 | 11:17:42 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुन सहित एक जना पक्राउ परेका छन्। कतारको दोहाबाट आएका होमबहादुर गुरुङ १ किलो ४ सय ग्राम अवैध सुनसहित पक्राउ परेका हुन्। उनी हिमालयको उडान नं. एच९५६४ को जहाजमा काठमाडौँ उत्रिएका थिए।

गुरुङ तनहुँ चिपचिपे ७ का बासिन्दा रहेको खुलेको छ। उनले मसला पिँध्ने ओखलमा उक्त सुन लुकाएर ल्याएका थिए । चेकजांचको क्रममा उनले लुकाएर ल्याएको सुन फेला परेको हो । 

घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved