प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्री वाङ यीको भेट, के भयो कुराकानी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2019 | 07:12:30 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ विदेशमन्त्री वाङ यीले शिष्टाचार  भेट गरेका छन्  । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा द्विपक्षीय हितका विविध बिषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ  । 

भेटपछि प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले दिएको जानकारी अनुसार  नेपाल चीन सम्बन्धलाई अझ उचाइमा पुर्याउन आफू प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीले बताएका छन । प्रधानमन्त्री ओलीले आफ्नो विगतको चीन भ्रमणको स्मरण गर्दै त्यसबेला भएका सहमती कार्यन्वयन गर्दै सम्बन्धलाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे  ।

“ हामी विगतका सहमती  अनुसार अघि बढेर जान चाहन्छौं र तपाईंको यो भ्रमणले पनि त्यसतर्फ अघि बढ्नलाई प्रेरित गर्नेछ  भन्ने विश्वास छ ” भेटमा प्रधानमन्त्रीले भनेको कुरा उधृत गर्दै डा.भट्टराईले भने “  दुई पक्षीय सम्बन्धका विभिन्न पक्षहरु छन् ।  शैक्षिक,सामाजिक क्षेत्र होस,चाहे पूर्वाधार विकासको क्षेत्र होस यी सहयोगका सबै क्षेत्रलाई बिस्तार गर्ने र चीनले नेपाललाई महत्वका साथ हेरेको छ र महत्वका साथ अगाडी बढाउने कुरा जुन गरेको छ त्यसमा नेपाल खुशी व्यक्त गर्दछ । ”

 प्रधानमन्त्री ओलीले नेपाल एक चाइना नीतिको पक्षमा रहेको स्पष्ट पारेका छन् । “ नेपालको भूभाग हामी हाम्रा कुनै पनि छिमेकी र मित्र राष्ट्रका विरुद्धमा प्रयोग गर्न दिदैनौ भन्नेमा हामी दृढ छौं ” भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले भने ।

  प्रधानमन्त्री ओलीले नेपालले चीनबाट उच्च स्तरीय भ्रमण चाँडोहोस भन्ने चाहेको बताए । विदेशमन्त्री यीले त्यसतर्फ तयारी भइरहेकोले यो अपेक्षा चाँडै पुरा हुने बताए । “चीनबाट उच्च स्तरीय भ्रमणको तयारी हुदैछ । त्यो भ्रमण उपयुक्त समयमा हुने नै छ ” विदेश मन्त्री यीको भनाइ उधृत गर्दै डा.भट्टराईले भने  । 

प्रधानमन्त्री ओलीलाई चिनीयाँ राष्ट्रपति सि जीङ पिङ र प्रधानमन्त्री लि खच्याङले सुस्वास्थ्यको लागि पठाएको  शुभकामना विदेशमन्त्री यीले सुनाएक थिए । यो सदासयताका लागि प्रधानमन्त्री ओलीले धन्यवाद व्यक्त गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved