रवि लामिछानेलाई थुना मै राख्न माग गर्दै उच्च अदालतमा निवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2019 | 07:28:13 PM मा प्रकाशित

laxmi  sunrise bank

टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न सरकारको तर्फबाट निवेदन परेको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकारणमामा उनीहरुलाई थुनामा राखेर थप अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पाटनको हेटौँडा इजलासमा  निवेदन दर्ता भएको हो । 

सोमबार सरकारी वकिल कार्यालयले निवेदन दर्ता गराएको हो । निवेदनमा जिल्ला अदालतको आदेशलाई बदर गरी उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरिएको छ । सो निवेदनको प्रारम्भिक सुनावाई मंगलबार तोकिएको छ ।

निवेदनमा लामिछाने सहित युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई थुनामा पठाउन माग भएको हो । यस अघि जिल्ला अदालत चितवनले कार्कीलाई साधारण तारेखमा, लामिछाने र कँडेललाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

रवी लामिछानेले पनि बिना धरौटी रिहा गर्न माग गर्दै पुनरावेदन दिएका छन् 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved