पेट्रोलियम पाइपलाइनको उद्घाटन आज, इन्धनको मूल्य घट्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2019 | 05:59:04 AM मा प्रकाशित

laxmi  sunrise bank

बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज मङ्गलबार उद्घाटन हुदै छ । भारतको मोतिहारी देखि नेपालको अमलेखगंजसम्म पेट्रोलियम पाईपलाईनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा डिजिटल प्रणालीवाट एकसाथ गर्न लागेका हुन् ।  ओलीले सिंहदरबारबाट र  मोदीले हैदरावादबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत एकैसाथ परियोजनाको उद्घाटन गर्ने कार्यक्रम छ।

उद्घाटनसँगै मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ नेपाल भित्रने छ। पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइने छ। मोतिहारी-अमलेखगन्ज पाइप लाइनको दूरी ६९.२ किलोमिटर छ। जस मध्ये  नेपालतर्फ ३६ र बाँकि भारतीय भुमिमा छ। 

पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने छ। सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च कटौती हुने र मूल्यसमेत घट्ने छ । देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको निगमले जनाएको छ।

३० महिनाको लक्ष्य राखिएको यो आयोजना १८ महिना मै सकिएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved