पूर्वाधार सम्मेलनको तयारी अन्तिम चरणमा, यी हुन् नेपाल आउने विदेशी पाहुना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2019 | 06:56:01 AM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वाधार सम्मेलन २०१९ को तयारी पुरा भएको छ  । भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय र नेपाल उद्योग परिसंघले  यहि भदौ २५ र २६ गते काठमाण्डौमा सम्मेलन गर्न लागेको हो  । 

लगानी बोर्ड र नेपाली युवा निर्माण व्यवसायी समुदाय (YCNC) समेत सह–आयोजक रहेको पूर्वधार सम्मेलन २०१९ “दिगो विकासका लागि मजबूत पूर्वाधार”को मूल भाव सहित आयोजना गर्न लागिएको हो । सम्मेलनमा  दक्षिण कोरियाका पूर्व प्रधामन्त्री विशेष अतिथिका रुपमा रहने छन् । त्यस्तै भारतका ऊर्जा तथा नविकरणीय ऊर्जा मन्त्रालयका युनियन स्टेट मिनिस्टर राजकुमार सिंह, विश्व बैँकका उपाध्यक्ष जिगदोग ह्वा, एसियाली विकास बैंंकका महानिर्देशक वोचोग युम सहित नेपाल सरकारका वरिष्ठ मन्त्रीहरु र पूर्वाधारका अन्य निजी लगानीकर्ताहरु सम्मिलित हुने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

सम्मेलनमा विश्व बैँक, एसियाली विकास बैँक यु एन डि पि लगायतका संस्था एवं मुलुक भित्रका विभिन्न संस्थाहरु गरी ४० साझेदारको रुपमा छन भने ८० जनाभन्दा बढी विशेषज्ञहरुले प्रमुख वक्ताको रुपमा ५० जनाभन्दा बढी विषयगत व्यक्तिहरु रहने छन् ।

यसै गरी सातै प्रदेशका मूख्यमन्त्रीहरुले प्रादेशिक पूर्वाधारका विषयमा विषेश छलफल गर्ने कार्यक्रम तय भएको छ । सम्मेलनमा प्रदेशहरुले आ–आफ्ना प्रदेशका पूर्वाधारमा निजी लगानी ल्याउन ५४ परियोजनाहरु प्रस्तुत् हुने छन् । 

विकास साझेदारका प्रमुखहरु, उपप्रमुखहरुले सो सम्मेलनमा भाग लिने गरी आयोजित दुई दिनसम्म सञ्चालन गरिने उक्त पूर्वाधार सम्मेलनमा देशभित्र र बाह्य देशहरुका ५०० भन्दा बढी लगानीकर्ताहरुको सहभागिता हुने छ ।

अघिल्ला दुई पूर्वधार सम्मेलनले आगामी २०३० सम्म नेपालको पूर्वधारको अवस्था तथा अबको पूर्वधारको लागि आवश्यक थप लगानीको यकिन गर्न बृहत तथा गहन अध्ययन गर्नु पर्ने औल्याएको थियो । यसैमा केन्द्रित गरि परिसंघले सर्वाङ्गिण विकास अध्ययन केन्द्रसँगको सहकार्यमा बृहत अध्ययन गरेको प्रतिवेदन पूर्वाधार सम्मेलनमा सार्वजनिक हुनेछ ।

यो सम्मेलन सरकारले गत वर्ष सम्पन्न गरेको लगानी सम्मेलन २०१९ को फलोअप सम्मेलनका रुपमा रहने छ । लगानी सम्मेलनका क्रममा भएका कानुनी सुधारको गतिलाई अघि बढाउन सरकार सहित सबै सरोकारवालाहरुको थप ध्यानाकर्षण गराउने तथा लगानी सम्मेलनमा प्रस्तुत प्रस्तावित परियोजनाका लागि लगानी जुटाउन समेत यो सम्मेलन उत्प्रेरक हुने अपेक्षा परिसंघले गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved