प्रचण्डका घरबेटीलाई मेलम्चीको ठेक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2019 | 07:37:17 AM मा प्रकाशित

laxmi  sunrise bank

मेलम्ची खानेपानी आयोजनाको एउटा अंशको ठेक्का शैलुङ कन्स्ट्रक्सन कम्पनीले पाएको छ। यो विवादास्पद निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको कम्पनी हो । अधिकारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी समेत हुन् । शैलुङले मेलम्चीको   डेढ अर्ब रुपैयाँको नयाँ ठेक्का पाएको हो।

शैलुङले आयोजनाको बुढानिलकण्ठ नगरपालिका क्षेत्रको पाइपलाइन विस्तार तथा ओभरहेड ट्याङकी निर्माणको ठेक्का परेको हो। अनामनगरस्थित आयोजना निर्देशनालय कार्यालयले शैलुङसंग  एक अर्ब ४१ करोड ६९ लाख २२ हजार ७ सय ६० ६० रुपैयाँको ठेक्का सम्झौता गरेको हो। शैलुङले कम म्य्ल्या कबुल गरेकोले उसै ठेक्का पाएको निर्देशनालयले जनाएको छ ।

प्रचण्डकी बुहारी बिना मगर हाल खानेपानी मन्त्री छिन् । बुहारीको मन्त्रालय अन्तर्गत रहेको आयोजनाको ठेक्का ससुराका घरबेटीले पाएका हुन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved