'निजि लगानीकर्तालाई नेपालले २ पावर दिन्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2019 | 02:11:43 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई नेपालले २ वटा 'पावर' दिने बताएका छन् । राजधानीमा बुधबारदेखि सुरु भएको पूर्वाधार सम्मेलनमा मन्त्री खतिवडाले यस अघि नेपालले दिन नसकेको २ पक्रारका पावर अब नेपालले दिन सक्ने बताएका हुन् 

उनले अब नेपालले ;पोलिटिकल पावर' अर्थात् स्थिर सरकार र 'इलेक्ट्रिक पावर' अर्थात् २४ सै घण्टा बिजुली दिने बताएका हुन् । यस अघि यी सेवा नभएकोले अब ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका हुन् । 

उनले नेपालमा आएका सबै वैदेशिक लगानीकर्ताले अन्य विश्वबजारको तुलनामा दोब्बर बढी प्रतिफल लैजाने गरेको बताए । उनले भने 'नेपालमा आएका बिदेशी लगानीकर्ताले २५ प्रतिशतभन्दा बढी प्रतिफल लागेका छन्, विश्वब्यापी औसत दर १० प्रतिशत भन्दा पनि कम छ' । 

उनले नेपालमा सरकारको दायित्व अन्य देश भन्दा बढी भएकोले पूर्वाधार विकासमा धेरै खर्च गर्न नसकेको बताए । नागरिकलाई ३० भन्दा बढी मौलिक हक दिएको, सघियता मार्फत ७६१ सरकार गठन गरेको, सामाजिक सुरक्षा लागु गरेको, दिगी विकास लक्ष्य हासिल गर्नु पर्ने भएको र यी सबको लागि ठुलो खर्च हुने भएकोले सरकारले पूर्वाधारमा पर्याप्त लगानी गर्न  नसकको बताए । 

उनले हरेक क्षेत्रमा निजि लगानी खुला गर्ने सकिने समेत बताए । हाल सरकारले पनि जलविद्युत उत्पादन गर्दै आएको बताउदै केहि समयपछि बिद्युत निजि क्षेत्रले मात्र उत्पादन गर्नु पर्ने उनले बताए । निजि क्षेत्रले चाहेमा प्रसारण लाइन निर्माणमा पनि निजि लगानी खुला गर्न सकिने उनले बताए 

तर निजि क्षेत्र आउँदा दुवैलाई फाइदा हुने गरी 'विन विन' को अवस्था हुनु पर्नेमा उनले जोड दिए । उनले भने 'सरकारले भन्दा निजि लगानीकर्ताले कमाओस तर सरकारलाई त्यस कै कारणले घाटामा जानु भएँन' । यद्यपी उनले लगानी गर्दा जोखिम पनि निजि क्षेत्र र सरकारले बाडेर लिने बताए 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved