नेपाललाई चाहिने बिजुली नेपालले नै उत्पादन गरोस: भारतीय उर्जामन्त्री

'अरुण आयोजना समय अगावै'
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2019 | 05:53:18 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतका केन्द्र सरकारका उर्जा मन्त्री राज कुमार सिंहले बिजुलीमा आत्मनिर्भर हुन् नेपाललाई सुझाव दिएका छन् । बुधबारदेखि राजधानीमा सुरु भएको पूर्वाधार सम्मेलनमा एक सत्रका वक्ताका रुपमा रहेका उनले आफुलाई चाहिने बिजुली आफै उत्पादन गर्न नेपाल सरकारलाई सुझाव दिएका हुन्।

एक असल छिमेकिको नाताले नेपाललाई बिजुली आवश्यक पर्दा भारत दिन तयार रहेको बताउदै उनले भने 'हामी बिजुली दिन तयार छौ तर आफुलाई चाहिने बिजुली नेपाल आफैले उत्पादन गर्न सक्नु पर्छ' । 

उनले अरुण तेस्रो आयोजना तोकिएको समय भन्दा अगावै सक्ने प्रतिबद्धता जनाएका छन ।  उनले सन् २०२२ को सेप्टेम्वरसम्म आयोजना सक्नु पर्ने भए पनि सो भन्दा अगावै सकिने बताएका हुन् । नेपाल र भारतबीचको पेट्रोलियम पाइपलाइन समेत निर्धारित समय भन्दा अगावै सकिएको बताउदै मन्त्री सिंहले अरुण आयोजना पनि समयभन्दा अगावै सक्ने दाबी गरे । भारत सरकारको स्वामित्वमा रहेको एसजेवीएन कम्पनीको लगानी उक्त आयोजना बनीरहेको हो । मन्त्री सिंहले आज नै आयोजनाको निरीक्षण समेत गरेका थिए ।

९ सय मेगावाट क्षमता रहेको अरुण तेस्रो जलविद्युत आयोजनाबाट उत्पादित कुल विद्युतको झन्डै २२ प्रतिशत बिजुली नेपाललाई निशुल्क उपलब्ध गराउने गरी सम्झौता भएको आयोजनाको शिलान्याश  प्रधानमन्त्री केपी शर्मा ओली र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए । आयोजनाले उत्पादन थालेको २५ वर्षपछि उक्त परियोजना नेपालको स्वामित्वमा आउने गरी सरकारले सम्झौता गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved