'नेपालको विकासको लागि बिहारको विकास मोडल प्रयोग गरौ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2019 | 08:12:14 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतका केन्द्र सरकारका एक मन्त्रीले नेपालको विकासको लागि बिहारको विकास मोडल अबलम्बन गर्न सुझाव दिएका छन् ।  बुधबारदेखि राजधानीमा सुरु भएको पूर्वाधार सम्मेलनमा एक सत्रका वक्ताका रुपमा रहेका भारतका केन्द्र सरकारका उर्जा मन्त्री राज कुमार सिंहले यस्तो सुझव दिएका हुन् ।

उनले कुनै पनि देशको विकासको पहिलो कुरा पूर्वाधार रहेको र पूर्वाधार मध्ये पनि मुख्य विषय सडक रहेको बताए । बिहारको विकासको उदाहरण दिदै उनले साढे ३ बर्षको अवधिमा बिहारले देश कै उत्कृष्ट स्तरको सडक बनाएको छ । सडक निर्माणको टाइमफ्रेम सहित आयोजना सुरु गरेको र समय मै सक्न सफल भएको उनले बताए ।  

जुनसुकै देशको विकासको लागि पैसा बाधक नहुने स्पष्ट पार्दै उनले इच्छा र दृडता भए पैसाको ब्यबस्था निजि क्षेत्रले गर्ने बताए । तर त्यसको लागि वातावरण तयार पार्नु पर्ने उनको भनाई थियो । बिहारमा सडक निर्माण गर्दा टाइमफ्रेम तोकिएको र समय भन्दा अगावै आयोजना सम्पन्न गर्नेलाई प्रोत्साहनको रुपमा छुट प्रदान गरिएको र समयमा नसक्नेलाई क्षतिपूर्तिको ब्यबस्था गरिएको उनले बताए । तर त्यस आयोजना निर्माणको अवधिमा कुनै पनि समस्या नाआउने ग्यारेन्टी भने पहिले नै गरिएको उनले बताए ।

यसरी बिहारले साढे ३ बर्ष मै सडक संजाल दोब्बर पारेको र सबै भन्दा खराब प्रदेशको रुपमा हेरिने बिहारको सडक संजाल देश कै नमुना मध्येको एक भएको उनले बताए । यहि मोडल नेपालमा पनि अवलम्बन गर्न उनले सुझाव दिए । उनले भने 'बिहारमा सम्भव छ भने यो जहाँ सुकै सम्भव छ, नेपालमा पनि सम्भव छ' । नेपाल र भारतका आम समस्याहरु समान प्रकृतिका रहेकोले यो मोडलले नेपालको लागि पनि काम गर्ने उनको भनाई थियो । 

यो पनि : 

नेपाललाई चाहिने बिजुली नेपालले नै उत्पादन गरोस: भारतीय उर्जामन्त्री


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved