घटस्थापनाबाट नयाँ नोट वितरण, धेरै खोज्नेलाई सुकिला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2019 | 08:22:53 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले दशैँको लागि नयाँ नोटको सटही घटस्थापनाबाट वितरण गर्ने भएको छ। राष्ट्र बैंकले २० र ५० दरका नयाँ नोट विहीबारबाट बजारमा पठाएपनि दशैंको लागि भने घटस्थापबाट सटही खुल्ला गर्ने गरी तयारी भईरहेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंककाअनुसार बिगतमा झैं यो वर्ष पनि केन्द्रिय बैंकले बैंकको बैंकिङ काउन्टर बालुवाटार र अन्य क्षत्रिय कार्ययलहरुको साथै सरकारी स्वामीत्वको राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकको विभिन्न शाखा कार्यलयबाट नयाँ नोट सटही सेवा उपलब्ध गराउने सम्भावना रहेको छ। 

केही नीजि बैंकहरुलाई पनि नोट सटही सुविधा उपलब्ध गराउने कुरा छलफल भएपनि यो वर्ष पनि सरकारी बैंकहरुलाई मात्र दिने सम्भावना रहेको बताइन्छ । यद्दपी आन्तरीक रुपमा नीजी बैंकहरुले पनि केही नयाँ नोट साट्न भने सक्ने राष्ट्र बैंकले जनाएको छ। 

सरकारी लगानीको बैंकहरुमा गत वर्ष नोट सटही सुविधा उपलब्ध रहेका शाखा कार्यलयको साथै राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार परिसरमा रहेको शाखा कार्यलयबाट पनि नयाँ नोट वितरण गर्ने सम्भावना छ। 

दशैको लागि करिब १३ अर्बको नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ। यो बर्ष छपाएको ४० करोड बराबरको १०० दरको नोट एक सातामा केन्द्रिय बैंकमा आउने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकसँग ५, १०, २० र ५० दरका नोट भने पुरानै स्टक रहेकोले त्यसैबाट बाँड्ने तयारी रहेको छ । 

दशैंकको लागि कहीलेबाट नोट सटही सुविधा उपलब्ध गराउने भन्ने विषय छलफलकै क्रममा रहेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बिजपाटीलाई जानकारी दिएका छन। प्रतिब्यक्ति कति सम्म नयाँ नोट उपलब्ध गराउने निर्णय हुन बाँकी नै रहेको छ तर राष्ट्र बैंकले तोकेको भन्दा धेरै नोट सटही गर्न चाहानेको लागि लक्षित गर्दै सुकिलो नोट उपलब्ध गराउने विषयमा राष्ट्र बैंकले छलफल गरिरहेको उनले बताए। राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नोटहरु प्रतिब्यक्ति कम्तीमा एक बन्डल हुने नयाँ नोट वितरण गर्ने तयारि गरेको छ । यद्दपी नयाँ नोट लिन पाउने   अधिकतम सिमा छलफलकै क्रममा रहेको उनले बताए।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved