कांग्रेस कुट्नेलाई कारवाही गर्छुः गृहमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2019 | 02:49:16 PM मा प्रकाशित

laxmi  sunrise bank

गृहमन्त्री रामबहादुर थापाले नेपाली कांग्रेसका नेतामाथि कुटपिट गर्ने दोषीलाई कारवाही गरिने प्रतिवद्धता जनाएका छन् । बाँकेको खजुरामा गाउँपालिका वडा २ सीतापुरस्थित नेपाल रेडक्रस सोसाइटीको हलमा वीपी जयन्ती मनाउने क्रममा विहीबार नेकपाका कार्यकर्ताले कांग्रेसका नेता कार्यकर्तामाथि हातपात गरेका थिए । 

कुटपिटबाट बाँके कांग्रेस सभापति किरण कोइरालाको हात भाँचिएको थियो । विद्याप्रसाद खनाल लगायत केही कार्यकर्ता घाइते भएका छन् । 

सिंहदरबारमा शुक्रबार आयोजित राज्य व्यवस्था सुशासन समितिको बैठकमा कांग्रेस सांसद डीला संग्रौलाले बाँके घटनाबारे गृहमन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् । गृहमन्त्री थापाले दोषीलाई कारवाही गरिने आश्वासन दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved