पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा भारतीय बस दुर्घटना हुँदा २७ यात्रु घाइते भएका छन् । मुक्तिनाथ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस पल्टिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइतेको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ । तीव्र गतिका कारण बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।