मैलुङ-स्याफ्रुबेँसी सडकखण्ड सुचारु गर्ने प्रयास जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2019 | 03:31:41 PM मा प्रकाशित

laxmi  sunrise bank

वर्षाका कारण अवरुद्ध मैलुङ–स्याफ्रुबेँसीखण्ड सुचारु गराउने प्रयास द्रुत गतिमा अघि बढेको छ । जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टका अनुसार स्याफ्रुबाट धुन्चे पुछारको त्रिशूली दोभानसम्म र मैलुङ तर्फबाट सोले दोभानसम्म राजमार्गको अवरोध हटाउने कार्य सम्पन्न भइसकेको छ ।    

राजमार्गमा रहेका बाँकी अवरोध हटाउने काम भइरहेको छ ।  अब पाँच किमी दुरी सफा गरेपछि यातायात सञ्चालनमा आउने सासंद मोहन आचार्यले दिए । राम्चे ग्राङबीचको पासाङल्हमु मार्गमा पहिरो गई मर्मत सम्पन्न गराउन समयावधि निकै लाग्ने देखिएको थियो । सांसद मोहन आचार्य प्रदेशसभा सदस्य प्रेम तामाङ, प्रभात तामाङ, शान्ति थिङ लगायतको समन्वय र सहकार्यमा सहभागीता जुटाई असारदेखि बन्द स्याफ्रु मैलुङ खण्डको राजमार्ग सञ्चालन गर्न काम अगाडि बढाइएको प्रमुख भट्टले बताए ।

राजमार्गको अवरोध हटाउन ७ वटा स्काभेटर तथा लोडर प्रयोग भइरहेको गल्छी स्याफ्रुबेँशी सडक सुधार आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए । मैलुङ—स्याफ्रु नदी किनारको १७ किमि राजमार्ग गत असारदेखि र राम्चे खण्डको पासाङल्हमु मार्ग यही भदौ २५ गतेदेखि बन्द भएपछि केरुङबाट सामान लिई नेपाल भित्रिएका सात सय भन्दा बढी ट्रक तथा कन्टेनर रोकिएका छन् ।   

 व्यापारीले दशैँका लागि बढी मात्रामा सामान ल्याएका र आयात भएका सामान सडक अवरोधले टिमुरे क्षेत्रमा भरिभराउ भएको भन्सार कार्यालय टिमुरेका प्रमुख अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved